दफा ४
राष्ट्रपतिको निर्वाचन मिति तोक्ने
(१) आयोगले राष्ट्रपतिकोपदावधि सकिनुभन्दा कम्तीमा
एक महिनाअघि वा अन्य कुनै कारणले सो पद रिक्त हुन आएमा त्यस्तो पद रिक्त भएको मितिले एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक हुने निर्वाचनको हकमा सङ्घीय संसद र प्रदेश सभाको गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम राष्ट्रपतिकोनिर्वाचन हुने मिति तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।